२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

पूर्वीचौकीमा महाशिवरात्रि विशेष सांस्कृतिक मेला हुने

सानागाउँ – पूर्वीचौकीमा महाशिवरात्रि विशेष सांस्कृतिक मेलाको आयोजना हुने भएको छ । पूर्वीचौकी गाउँपालिका–४ अन्तरगत पर्ने त्रिवेणी धाम शिवालय मन्दिरमा मंगलबार मेला लाग्ने आयोजकले जनाएको छ ।

स्थानीय कला संस्कृतिको जगेर्नाका लागि मेलाको आयोजना गरिएको पूर्वीचौकी युवा क्लबले जनाएको छ । मेलाले पवित्र भार्मिक स्थल त्रिबेणी धामको प्रचार प्रसारमा समेत सहयोग पुग्ने क्लबका अध्यक्ष राम बहादुर खड्काले बताए ।
महाशिवरात्रिको दिन त्रिबेणी धाममा स्नान तथा दर्शन गर्न आउँने भक्तजनलाई बिहान ५ बजे देखी ९ बजे सम्म प्रसाद वितरण र भजन कृतन गरीने छ । ११ बजे देखि ४ बजे सम्म कलाकारहरु भुवन प्रसाद दाहाल, चेतन बोहोरा, प्रिया श्रीपाइली लगायत स्थानीय कलाकारहरुकोे प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ फाल्गुन १६

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP