२०८० आश्विन १७, बुधबार
October 4, 2023, Wednesday

खुकुरी र चक्कु प्रहार गरेर आफ्नै श्रीमानको हत्या

काठमाडौँ – रुकुम पश्चिममा आइतबार अपरान्ह धारिलो हत्या गरेर एक महिलाले श्रीमानको हत्या गरेकी छन्। हत्यापछि ५० वर्षीया डल्ली बुढा आफै प्रहरी कार्यालय पुगेकी थिइन्।

खुकुरी र चक्कु प्रहार गरेर उनले ३९ वर्षीय चित्रबहादुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ।

रुकुम पश्चिमका प्रवक्ता कपिल शाहीले हत्यापछि बुढा आफै प्रहरी कार्यालयमा पुगेको बताइन्। ती महिला चक्कुसहित पुगेपछि तत्कालै अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।

मृतक  थापाको शरीरमा करिब डेढ दर्जन ठाउँमा चोट थियो। बुढाले श्रीमानले आफुलाई कुटपिट गरेपछि रिसको झोकमा हत्या गरेको प्रारम्भिक बयान दिएकी छन्। बुढा र थापाबीच एक वर्षअघि मात्र विवाह भएको थियो।

दुवैको दोस्रो विवाह हो। बुढासँग थापाको अनैतिक सम्बन्ध थाहा पाएपछि एक वर्षअघि गाउँलेले बुढालाई थापाको जिम्मा लगाएका थिए। तीन वर्षअघि थापाकी पहिलो श्रीमती उनीसँग छोराछोरी लिएर अलग्गिएकी थिइन्।

Related News

धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
  • २०७७ पुष १३

दिपायल – खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक...

TOP