कञ्चनपुरको बेलडाँडीका एक वडाध्यक्षको मोटरसाइकल घरबाटै चोरी भएको छ ।
वडा नम्बर २ का अध्यक्ष प्रेमराज खातीले प्रयोग गर्ने सरकारी मोटरसाईलक घरको आँगनबाटै चोरी भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिए । उनका अनुसार शुक्रबार राति करिब १ बजेको समयमा गाउँपालिका कार्यालय अगाडी रहेको वडाध्यक्षकै घर आँगनबाट गाउँपालिकाको नाममा रहेको म.१ ब.४०९ नं को मोटरसाइकल चोरी भएको हो ।
मोटरसाइकल हराएको खबर पाएसँगै खोजी कार्य सुरु गरीएको प्रहरीले जनाएको छ ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...