बैतडी- जिल्लाको सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर पक्राउ परेका ७ जनामाथि मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
पक्राउ परेका ६ जनामाथि बलात्कारको घटना ढाकछोपमा मुद्धा दायर गरिएको छ भने फरार १ जनामाथि जबरजस्तीकरणीबिरुद्धको मुद्धा दर्ता भएको हो। किशोरी बलात्कारका मुख्य आरोपी सिगास–३ का दिपकसिंह धामी फरार रहेका छन्। उक्त घटनालाई मिलापत्र गराउने सिगास गाउँपालिका ३ का वडाअध्यक्ष शेरसिंह साउँद , स्थानीय राजेन्द्र धामी, नरेन्द्र धामी ,गोपाल धामी, मनोजसिंह धामी र अमर धामीलाई प्रहरीले पक्राउ गरेको छ।
बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते जबरजस्तीकरणी गरिएको थियो। सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमती गरेका थिए। तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको थियो। बलात्कारमा संलग्न भनिएका स्थानीय दिपकसिह धामी अहिले फरार छन्।
खैराला– प्रधानमन्त्री केपी शर्मा ओली अहिले एकपछि अर्को गर्दै निरंकुशतातर्फ गइरहेको नेपाली कांग्रेस कैलाली जिल्लाका सल्लाहकार फणिराज सापकोटाले बताएका छन्...
नेकपाका जिल्ला सदस्य सहित केआईसिंह- ७ थलीको पुरै दलित बस्ती कांग्रेसमा प्रवेश डोटी – केआईसिंह गाउँपालिका -७ थलीगाउँका ४० परिवार...
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना...