२०७७ माघ ५, सोमबार
January 18, 2021, Monday

कञ्चनपुरमा भेटियो नक्कली नेपाली नोट बनाउने कारखाना : तीन जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा नक्कली नेपाली नोट बनाउने कारखाना भेटिएको छ । भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजारको २ नम्बर गल्लीमा प्रहरीले छापा मार्दा नक्कली नेपाली नोट बनाउने ब्यक्ति र नोट बनाउन प्रयोग हुने सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ ,

गोप्य सूचनाका आधारमास्थानीय सानु धामीको पसलमा छापा मार्दा नक्कली नोट बनाउने रितिका बम र उनका श्रीमान अनुज शर्मालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउपछि प्रहरी टोलीले ती दम्पती बस्ने डेरामा खानतलासी गर्दा १ हजार दरका २ वटा नक्कली नोटसहित ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसीन १ थान, कैची २ थान, किबोर्ड २ थान, माउस १ थान, विभन्न बैंकहरुको चेकबुक ३ थान, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आइतबार नक्कली नोटसहित पक्राउ परेका युवकले दिएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्धामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

Related News

उपमेयरका उम्मेदवार सहितका नेता भित्र्याउँदै उपसभापति सिंहले भने,‘कम्युनिष्टका दिन सकिए’
उपमेयरका उम्मेदवार सहितका नेता भित्र्याउँदै उपसभापति सिंहले भने,‘कम्युनिष्टका दिन सकिए’
  • २०७७ मंसिर १५

डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...

केपीले संसद विघटन मात्रै गरेका  होईनन्, कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् :- उपाध्याय
केपीले संसद विघटन मात्रै गरेका होईनन्, कम्युनिष्टहरुको प्रबृत्ति दर्शाएका हुन् :- उपाध्याय
  • २०७७ मंसिर १५

डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...

खप्तडका ४० घोडा खाने मुख्यमन्त्री, वन फँडानी गर्ने वनमन्त्री : सभापति देउवा
खप्तडका ४० घोडा खाने मुख्यमन्त्री, वन फँडानी गर्ने वनमन्त्री : सभापति देउवा
  • २०७७ मंसिर १५

नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...

TOP