२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

कैलालीमा २ लाख बढी नगद सहित ५ जना जुवाडे पक्राउ

धनगढी-  कैलालीमा २ लाख २३ हजार नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन् ।
गौरीगंगा नगरपालिका वडा नम्बर ६ स्थित कृष्ण बहादुर खड्काको  कुखुरा फर्म भित्र तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा २ लाख २३ हजार ५ सय नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा गौरीगंगा नगरपालीका ६ बस्ने ६० बर्षका भक्त बहादुर शाही, सोही ठाउँ बस्ने बर्ष ५२का बिर बहादुर साउँद, ४५ बर्षका डम्मर शाही, ४२ बर्षका राम बहादुर साउँद र बर्ष ३६ का रंग साउँद रहेको  जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनीहरुको साथबाट नगद सहित २ गड्डी तास समेत फेला परेको छ । उनीहरुलाई  नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ कार्तिक १२

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP