२०७७ मंसिर ११, बिहीबार
November 26, 2020, Thursday

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

कैलाली– कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्यायलाई ईलाका प्रहरी कार्यालय भजनिको प्रहरी टोलीले शनिवार दिउसो पक्राउ गरेको हो । पक्राउ परेका अधिकृत उपाध्यायलाई शनिवार बेलुका नै जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।

जोशीपुर गाउँपालिकामै कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा अधिकृत उपाध्याय पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले पुष्टि गरेका छन् । उनले शनिवार नै अधिकृत उपाध्याय बिरुद्ध मुद्धा दर्ता गरि उनलाई प्रहरी हिरासतमा राखिएको जानकारी दिए ।

घटनाका समन्धमा थप अनुसन्धान भईरहेको प्रबक्ता बिष्टले जानकारी दिएका छन् ।

Related News

सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
  • २०७७ आश्विन ४

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी...

एक तोला सुन दिने सर्तमा गाउँमै मिलाईएको बलात्कार घटना बाहिरीयो
एक तोला सुन दिने सर्तमा गाउँमै मिलाईएको बलात्कार घटना बाहिरीयो
  • २०७७ आश्विन ४

बैतडी- बैतडीको सिगास गाउँपालिका–३ ठुलैसनमा गाउँमै मिलाएको बलात्कारको घटना बाहिर आएको छ । पीडित किशोरीका आफन्तलाई एक तोला सुन दिने...

नायिका स्वेता खड्काको धनगढीका  युवक विजेन्द्र रावतसँग बिहे हुदैं
नायिका स्वेता खड्काको धनगढीका युवक विजेन्द्र रावतसँग बिहे हुदैं
  • २०७७ आश्विन ४

अभिनेत्री स्वेता खड्काले धनगढीका युवकसँग मंसीर २२ गते बिहे गर्दैछिन् । गत दशैंको बेला उनले ईन्गेजमेन्ट गरेको तस्वीर खबरकुञ्जले प्राप्त...

TOP