कैलाली- शुक्रबार मृत अवस्थामा फेला परेकी सञ्चारकर्मी निर्मला पहराईको हत्या गरिएको उनका परिवारहरूले आरोप लगाएका छ ।
शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनका परीवारले हत्या गरिएको आरोप लगाएका हुन । उनको हत्या गरि झुन्डिइएको उनका दाजु विशाल पहराईले दाबी गरेका छन ।
शव हेर्दा आत्महत्या नभई हत्या भएको बताउदै उनले बैनीको हत्या गर्नेलाई कडा कारबाही हुनुपर्छ माग गरे । सञ्चारकर्मी पहराईको शव अहिले पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । तर, घटनाको छानबिन नभएसम्म पोस्टमार्टम गर्न नदिने उनले बताए ।
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको कैलाली एफएममा कार्यरत २२ बर्षिया पहराई ३१ भदौबाट सम्पर्क विहीन भएकी थिइन ।
उनी हराएको ३ दिन पछि घोडाघोडी नगरपालिका १० मा रहेको फूलबारी सामुदायिक बनमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो । घटनाको छानबिनको लागि प्रहरीले स्थानीय ललित जाग्रीलाई नियन्त्रणमा लिएको छ ।
बझाङ – बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका...