दिपायल – रुपन्देहीका एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नंं १ सुन्दरनगरस्थित रातो डाँडामा २१ वर्षीय युवक सरोज परियारले ४६ वर्षीया आमा पार्वती परियारको हत्या गरेका हुन् ।
हत्यापछि युवकले छिमेकीसँग आमाको आँखा फुटालेको बताएका थिए । यस अघि सरोज आपराधिक गतिविधिमा संलग्न रहेको र प्रहरीले समेत उनलाई पटक पटक पक्राउ गर्दै छोड्दै आएको स्थानीयले बताए ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार प्रहरी घटनास्थलमा पुगेर हत्याको मुचुल्का तयार गरी स्थानीयसँग घटनाको विषयमा सोधपुछ गरेको थियो ।
सरोज मानसिक रोगीसमेत रहेको र धेरै पहिलेदेखि दुव्र्यसनमा संलग्न रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न सरोजलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । अर्को छोरा भने भारतमा रहेको बताइएको छ ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...