२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

एक करोड ठगि गर्ने कन्चनपुरका २५ वर्षीय युवक पक्राउ

डोटी । अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भइ काठमाडौं टोखा बस्ने २५ वर्षीय भुवन कार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलवमा अमेरिका पठाउने भन्दै तीन जनाबाट एक करोड रुपैयाँ लिएर ठगी गरेको आरोप छ । पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ माघ १६

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP