२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

कक्षाकोठामा २ जनाको मृत्यु र ६ जनालाई घाइते बनाएपछि छात्राले हानिन् आफैमाथि गोली

संयुक्त राज्य अमेरिकाको एउटा विद्यालयको कक्षाकोठामा १५ वर्षीया छात्राले गोली चलाएकी छन्।

विसकन्सिन प्रान्तको म्यडिसनस्थित एबन्डेन्ट लाइफ क्रिस्टियन स्कुलमा सोमबार बिहान कक्षा सुरू भएपछि १५ वर्षीया छात्राले अन्धाधुन्ध गोली चलाएका हुन्।

समाचार संस्था रोयटर्सका अनुसार गोली लागेर एक विद्यार्थी र शिक्षकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

२ जनाको मृत्यु र ६ जना घाइतेपछि छात्राले आफैमाथि गोली चलाउँदा उनको पनि मृत्यु भएको म्याडिसन प्रहरी प्रमुख शन बार्न्सले रोयटर्सलाई बताएका छन्।

गोली चलाउने छात्रा सामन्था भनेर चिनिने नटाली रूपनो रहेको पनि प्रहरी प्रमुख बार्न्सले बताएका छन्।

घाइते ६ जनालाई उपचारका लागि नजिकैको अस्पताल लगिएको र तीमध्ये २ जनाको अवस्था गम्भीर छ।

विद्यालयमा अन्धाधुन्ध गोली चलेपछि २ कक्षामा पढ्ने ६/७ वर्षकी छात्राले ९११ मा फोन गरेर प्रहरीलाई घटनाबारे जानकारी दिएको रोयटर्सले लेखेको छ।

गोलीको खबरपछि विद्यार्थीका अभिभावकहरू विद्यालय पुगेका थिए।

प्रहरी प्रमुख बार्न्सले सोमबारको घटना अत्यन्तै दुःखद रहेको बताए। बाँकी सबै विद्यार्थीहरू सकुशल रहेको पनि उनले बताएका छन्।

उक्त विद्यालयमा झन्डै ४ सय विद्यालय अध्ययनरत रहेको बताइएको छ। गोली चलाउने छात्राका अभिभावकहरूसँग प्रहरीले सोधपुछ गरिरहेको छ।

अमेरिकामा विद्यालय गोलीकाण्डका घटना यसपालि तुलनात्मक रूपमा बढेको छ। रोयटर्सले यो वर्ष मात्रै विद्यालयमा गोली चलेका ३२२ घटना रहेको बताएको छ।

Related News

सामाजिक सञ्जालका लिंक क्लिक नगर्न र सफ्टवेयर ‘इन्स्टल’नगर्न  साइबर ब्युरोको सुझाव
सामाजिक सञ्जालका लिंक क्लिक नगर्न र सफ्टवेयर ‘इन्स्टल’नगर्न साइबर ब्युरोको सुझाव
  • २०८१ पुष २

काठमाडौं – पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई...

TOP