२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

हिरासत म्याद थप्न रवि लामिछानेलाई आठौँपटक अदालतमा पेस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीले आज (पुस २ गते) आठौँपटक अदालत उपस्थित गराएको छ।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले हिरासत म्याद थप्न आज लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो।

यसअघि सातौँपटक मंसिर २७ गते थपिएको ५ दिनको म्याद गएरातिबाट सकिएकाले प्रहरीले लामिछानेविरुद्ध आज आठौँपटक म्याद थपको अनुमति अदालतसँग लिन लागेको हो।

उनीसँगै प्रहरीले गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लीला पछाईंलाई पनि अदालत उपस्थित गराएको छ।

नियमानुसार रविविरुद्ध आज थपिने हिरासत म्याद अन्तिम हुन्छ। किनकि सम्पत्ति शुद्धीकरण प्रकरणमा प्रहरीले ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा लामिछाने कात्तिक २ गते पक्राउ परे पनि उनका व्यावसायिक साझेदार छविलाल जोशी असोज ६ गते नै पक्राउ परेका थिए। त्यही दिनदेखि गणना हुने कानुनी व्यवस्थाअनुसार आउने शनिबार ९० दिन पूरा हुँदै छ।

यस हिसाबले अब रविलाई प्रहरीले थप ४ दिन मात्र हिरासतमा राख्न पाउनेछ।

रविसहित ५१ जनलाई प्रतिवादी बनाउँदै कास्की प्रहरीले सहकारी ठगी, स‌ंगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै सोमबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ।

रविविरुद्ध म्याद थपको शृ‌खला-
–कात्तिक २ गत काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाटै पक्राउ (पोखराको सूर्यदर्शन सहकारी प्रकरण)

–कात्तिक ४ गते कास्की जिल्ला अदालतद्वारा पक्राउ परेर्कै दिनदेखि लागू हुनेगरी ६ दिन हिरासत म्यादको अनुमति

–कात्तिक ८ गते कास्कीमै दोस्रोपटक ७ दिन म्याद थप

–कात्तिक २० गते कास्कीमै तेस्रोपटक १० दिन दिन म्याद थप

–कात्तिक २५ गते कास्कीमै चौथोपटक १३ दिन दिन म्याद थप

–कात्तिक २५ गते पोखराबाट भैरहवा लगेर बयान (सुप्रिम सहकारी प्रकरण)

–मंसिर ९ गते कास्कीमै पाँचौपटक १५ दिन म्याद थप

–मंसिर १३ गते पोखराबाट काठमाडौँ ल्याएर बयान (स्वर्णलक्ष्मी सहकारी प्रकरण)

–मंसिर १८ गते अनुसन्धानका लागि काठमाडौँबाटै चितवन लगेर बयान (सहरा चितवन सहकारी प्रकरण)

–मंसिर २३ गते कास्कीमै छैटौँपटक ४ दिन म्याद थप

–मंसिर २४ गते पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज लगेर बयान (सानो पाइला सहकारी प्रकरण)

–मंसिर २७ गते कास्कीमै सातौँपटक ५ दिन म्याद थप

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ पुष २

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP