२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

कैलालीबाट अवैध भन्सार बरामद

धनगढी– कैलालीबाट प्रहरीले अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।

मंगलबार धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा नजिक, धनगढी उपमहानगरपालिका –३ मिलन चोक, टीकापुर नगरपालिका – ८ पुरानो भन्सार स्थित भित्री सडक खण्ड र टीकापुर नगरपालिका – ९ पुरानो भन्सार स्थित सडक खण्डबाट प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका सामान बरामद गरेको हो ।

उक्त सामान अन्दाजी २ लाख ८ हजार ६४० रुपैयाँ बराबरको रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जसमा अन्तरगत प्याज, चिनी, पास्ता, सरफ, साबुन, खाने तेल, नमकिन, सुट पिस, साडी, जिन्स पाइन्ट, माछा लगायतका सामानहरू रहेका छन् ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ श्रावण १६

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP