दिपायल– सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रमोद चौधरी तीन महिनादेखि सम्पर्कविहिन रहेका छन् ।
केन्द्रको सूचना प्रविधि शाखामा कार्यरत चौधरी सम्पर्कविहिन भएपछि नेपाल प्रहरीले एक साताभित्र कार्यालयमा उपस्थित हुन भन्दै सूचना जारी गरेको छ ।
बारबर्दिया नगरपालिका वडा नम्बर ४ घर भएका प्रमोदसहित विभिन्न तहका २९ कर्मचारी आफूखुसी गैरहाजिर भएको र सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
गैरहाजिर हुनेहरूमा कार्यालय सहयोगीदेखि नायव निरीक्षक (सई)सम्मका कर्मचारी रहेको प्रधान कार्यालयको सूचनामा उल्लेख छ । उनीहरू २०८० चैत तथा २०८१ वैशाख र जेठदेखि सम्पर्कविहीन भएका हुन् ।
सात दिनभित्र उपस्थित नभए सेवाबाटै हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ ।
दिपायल – रुपन्देहीका एक युवकले आफ्नै आमाको हत्या गरेका छन्...