२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

ग्यासको बुलेटले ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौँ- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा दुर्घटना हुँदा शुक्रबार एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार कास्कीको पोखरा महानगरपालिका–११ की ३३ वर्षीय निर्मला अधिकारी छिन्।

मनहरी गाउँपालिका–९, रजैयामा एलपी ग्यास बोकेको ग्याँस बुलेटले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी अधिकारी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा हेटौँडा–११ स्थित चितवन मेडिकल कलेज चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको एएस–२५ डीसी ०२१२ नम्बरको बुलेटले विपरीत दिशातर्फबाट जाँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक ३१ वर्षीय सुवास गुरुङ घाइते भएका छन्। उनको चितवन मेडिकल कलेज चुरेहिल अस्पताल हेटौँडामा उपचारका भइरहेको छ।

ग्यास बुलेट चालक भारतको विहार राज्य पटियार थाना सदियान सुदमीका ३७ वर्षीय मनिन्द्र कुमार दासलाई नियन्त्रण लिइएको प्रवक्ता भण्डारीले बताए।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ जेष्ठ २५

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP