२०८१ कार्तिक २८, बुधबार
November 13, 2024, Wednesday

६५ हजार धरौटीसहित तारिखमा छुटे ‘नक्कली’ डाक्टर


दिपायल– स्वास्थ्य शिविर सञ्चालन गरेर ठगी गरेको प्रकरणमा थुनामा रहेका ‘नक्कली’ डाक्टर र उनका सहयोगी धरौटीमा छुटेका छन् । जिल्ला अदालत डोटीले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

दिपायल सिलगढी नगरपालिका–४ राजपुुरमा स्वास्थ्य शिविर सञ्चालन गरेर ठगी गर्ने महाकाली नगरपालिका–४ का ४४ वर्षीय नक्कली डाक्टर भूपेन्द्र बहादुर क्षेत्री र उनका सहयोगी भिमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुस्कर गुनीयाललाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीले इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएको थियो ।

जिल्ला अदालत डोटीले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएपछि उनीहरु छुटेका हुन् । शुुक्रबार जिल्ला न्यायाधीश रुद्रमणि गिरीको एकल इजलासले धरौटीमा छोड्न आदेश दिएको हो । नक्कली डाक्टर भूपेन्द्रलाई रु ४० हजार र उनका सहयोगी पुस्करलाई रु २५ हजार गरी ६५ हजार धरौटीमा छाड्न आदेश दिएको हो । थुनछेक बहस पछिको अदालतको आदेश अनुसार आरोपित व्यक्तिहरुलाई धरौटीमा छाडिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जेठ १ गते सिलगढीबाट पक्राउ परेका आरोपित व्यक्तिहरु १८ दिन पछि छुटेका हुन् । शिविरका क्रममा ठगी गरेको एक लाख १५ हजार रकम नेपाल सरकारको राजश्व खातामा जम्मा गर्न भनिएको छ । ठगी गर्दा प्रयोग भएका सामग्री, प्रमाण, नगद, तथा उनीहरुले प्रयोग गरेका मोवायल फोन अदालतमा पेश गरिएको छ ।

आरोपित व्यक्तिहरुलाई ६५ हजार धरौटीसहित अदालतले बोलाएको बेला उपस्थित हुने गरी तारिखमा छाडिएको हो । मुद्धाको अन्तिम फैसला हुन बाँकी छ । दोषीलाई अदालतको अन्तिम फैसला अनुसार कारबाही हुने छ ।

Related News

कैलालीमा धान उत्पादन वृद्धि
कैलालीमा धान उत्पादन वृद्धि
  • २०८१ जेष्ठ २१

कैलाली । कैलालीमा किसान धान भित्र्याएर हिउँदे बाली लगाउने तयारीमा...

TOP