२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

तीन लाख ५८ हजार बराबरका अवैध भन्सार छलीका सामान बरामद


दिपायल- नेपाल प्रहरीले तीन लाख ५८ हजार बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको छ । भारतसँग सिमा जोडिएका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न नाकाहरुबाट सामग्री बरामद गरिएको हो ।

कैलाली जिल्लाका सिमानाकाहरुबाट दुई लाख ११ हजार बराबरका अवैध भन्सार छलीका सामान बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप महानगरपालिका – २ ट्राफिक चोक, कालिका चोक, गोदावरी नगरपालिका–३ चौकीडाँडा र टिकापुर नगरपालिका– ९ खैरिपुरबाट २ लाख ११ हजार ७४५ मूल्य बराबरका सामग्रीहरु बरामद गरिएको हो ।

भन्सार छली गरेर ल्याएका प्याज, चिनी, सुर्ती, प्लाष्टिक झिल्ली, पेय पदार्थ, कुर्ता सुरवाल, धोती, कुर्ती सेट, थान कपडा, जुत्ता सहित एक मोटरसाईकल सोमबार बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरुबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ । भिमदत्त नगरपालिका– बनगाँउ, वडा नं. १० जिमुवा, तिनतारा र पुनर्वास नगरपालिका– ४ कार्गिलडाँडाबाट अवैध सामग्री बरामद गरिएको हो ।

अवैधरुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख ४७ हजार बराबरको सामग्री बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । बरामद सामग्रीहरुमम प्याज, चिनी, मिश्री, चामल, जिरा, मटर, तरकारी, हार्डवेयरका सामान, बिजुलीका सामान, बच्चाको कपडा, कुर्ती,लेडिज टिसर्ट, जुत्ती, चप्पल लगायत बोईलर कुखुरा समेत रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८१ बैशाख ११

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP