दिपायल- पुर्चौडी नगरपालिका–४ रातामाटाकी १७ वर्षीया किशोरी गत वैशाख २६ गते बेपत्ता भइन् । प्रहरीले किशोरी बेपत्ता भएको खबर पाएपछि सोहीदिन खोजिकार्य सुरु ग–यो ।
किशोरीको गत वर्ष मात्रै बिहे भएको थियो । उनका श्रीमान रोजगारीको सिलसिलामा भारतमा थिए । वैशाख २८ गते स्थानीय रानीवनको जंगलमा किशोरी मृत फेला परिन् । तीन दिनदेखि बेपत्ता किशोरी मृत फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीको टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो । मृतक किशोरीको टाउकोमा गम्भीर चोट देखिएको थियो भने पेट ठुलो देखिएको थियो । घटना शंकास्पद देखिएकाले प्रहरीले थप अनुसन्धान थालेको प्रहरी निरीक्षक ठकुराठीले बताए ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा सोही ठाउँका काका नाता पर्ने ३० वर्षीय युवकले किशोरीको हत्या गरेको खुल्यो । युवकले किशारीलाई धाकधम्की दिएर पटकपटक जबरजस्ती करणी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केशीले बताए । उनका अनुसार करणीबाट किशोरीको पेटमा गर्भ बसेपछि युवकले गर्भपतन गर्न दबाब दिदै आएका थिए । किशोरीले गर्भपतन गर्न नमानेपछि उनलाई जंगलमा लगेर टाउकोमा ढुंगाले हिर्काएर हत्या गरेको हो ।
पुर्चौडी स्वास्थ्य चौकीमा गर्भपतन गराउने प्रयास असफल भएपछि काकाले ढुंगाले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता केसीले बताए । अभियुक्त युवकले हत्या गरेको भनी स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
डडेल्धुरा अस्पतालमा गरिएको पोष्टमार्टमा किशोरीको पेटमा १८ हप्ताको गर्भ फेला परेको प्रहरीले जनाएको छ । मृतकको बुवाबाट हाडनाता करणी र कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी परेपछि सोमबार प्रहरी निरीक्षक ठकुराठीको टोलीले पुर्चौडीबाट हत्यामा संलग्न युवकलाई नियन्त्रणमा लिएका थियो ।
घटना स्थलमा पुग्न जिल्ला सदरमुकामबाट दुई दिन समय लाग्ने भएकाले पहिलो पटक १० दिनको म्याद थप गरि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...