२०८१ फाल्गुन २, शुक्रबार
February 14, 2025, Friday

बाघको छाला सहित बैतडीका दुई जना पक्राउ

कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ स्थीत अत्तरियाबाट दुई ओटा बाघका छाला सहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाँउपालीका वडा नम्बर २ का ६५ वर्षीय देवसिंह विष्ट र पाटन नगरपालीका ८ का ३० वर्षीय हर्क बहादुर विष्ट रहेका छन् ।

अत्तरिया स्थीत रिङरोडबाट बिहिबार राती १० बजेको समयमा विशेष सुचनाको आधारमा उनीहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायव निरीक्षक प्रकाश बहादुर कडायतको कमाण्डमा खटीएको टोली र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटीएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो ।

उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८० श्रावण ५

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP