दिपायल- बालिका बलात्कारको आरोप लागेका पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो ।
बलात्कारको अभियोगमा दाबी नपुगेकाले सफाइ दिएको जिल्ला अदालत तनहुँका श्रेष्तेदार मीन बहादुर कुँवरले बताए । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहविरुद्ध मुद्दा दायर भएका थिए ।
पीडितले नै अदालतमा आरोपको खण्डन गरेपछि शाहले सफाइ पाएका हुन्। तर तनहुँ अदालतबाट सफाइ पाए पनि पल तत्काल जेलमुक्त भने हुने छैनन्। उनीविरुद्ध जिल्ला अदालत नवलपुरले अढाइ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसला अनुसार पलले अझै डेढ वर्ष बढी कैदमा बस्नुपर्छ। हाल उनी तनहुँ कारागारमा छन्।
तर पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतबाट बदर भएर सफाइ पाउने ठहरे भने उनको जेल यात्रा छोटिन सक्नेछ।
नवलपुर अदालतले बलत्कारको आरोपमा सफाइ दिए पनि बाल यौन दुरुपयोगको कसुरमा सजाय तोकेको थियो।
तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला भएको बताउँदै यसमा चित्त नबुझे सरकार पक्ष उच्च अदालतमा जान सक्ने बताए।
पीडित पक्ष भने उच्च अदालत जाने सम्भावना छैन। उनीहरुले यसअघि नै पल निर्दोष रहेको बयान दिइसकेका छन्।
फैसलाको पूर्ण पाठ आउन भने समय लाग्ने अदालतले जनाएको छ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...