२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

बच्चा चोर्न खोज्ने चार जना कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ बाट बच्चा चोर्न खोजेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा रौतहट घर भएर कैलालीको अत्तरिया बस्ने २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु शाह, २५ वर्षीय राजकिशोर शाह र २७ वर्षीय विकासकुमार शाह रहेको प्रहरी नायब (डीएसपी) उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

स्थानीयले बच्चा चोर्न लागेको भन्दै घेरा हालेर नियन्त्रणमा लिएपछि पक्राउ गरिएको शाहले बताए । अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ आश्विन ५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP