२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

भीम रावलसहितका १२ जना जुवाखालबाट पक्राउ, नगद र तास बरामद

फाइल फोटो


दिपायल – डोटीमा जुवा खालबाट नगदसहित १२ जना पक्राउ परेका छन् । जिल्लाको जोरायल गाउँपालिका- २ मिल चौराहा बाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए ।

स्थानीय सुन्दर थापाको होटल पछाडि टिनको टहरामा जुवा खेलिरहेको विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बुडरको टोलीले छापा मरेको थियो ।

पक्राउ पर्नेमा जोरायल गाउँपालिका वडा नं. २ बस्ने भीम रावल, सागर थापा, बिर्ष बहादुर गुरुङ्ग, धिरज रावल, छाप्तेन थापा, मेख बहादुर थापा, दिल बहादुर बिष्ट, पासाङ लामा, रामचन्द्र ओझा, सोनम थापा, भक्त बहादुर थापा र कैलालीको चुरे गाउँपालिकाका लोकेन्द्र साउँद रहेको प्रहरी जनाएको छ ।

उनीहरूको साथबाट एक लाख २२ हजार २५ रुपैयाँ र तीन गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०७९ भाद्र १७

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP