२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार कटवालविरुद्ध भ्रष्टाचार मुद्दा

दिपायल – उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । कटवालविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले    मुद्दा दायर गरेको  हो ।


कटवालले आर्थिक वर्ष ०७८/७९ मा विनियोजित बजेटमा भ्रष्टाचार गरेको भन्दै कैद सजाय र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपर गर्न मागदाबी गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको भन्दै रजिस्ट्रार कटवाललाई ४ लाख ९८ हजार ९९५ बिगो कायम गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

रजिस्ट्रार कटवालले स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरी पारिश्रमिक दिएको पुष्टि भएको अख्तियारले जनाएको छ । विभिन्न शीर्षकका बजेटमा नक्‍कली बिल भरपाई गरी ४ लाख ९८ हजार ९९५ रुपैयाँ अनियमितता गरेको ठहरसहित अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारको अनुसन्धानबाट सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएको कार्यक्रमको समेत दिपायलका होटलमा खर्च भएको स्वीकृती गरी बिल भरपाई बनाई भुक्तानी लिएको खुल्न आएको छ । कटवालले स्टोरकिपरबाट शोधभर्ना गराई भुक्तानी लिने गरेको, अफिसको हिसाबकिताब मिलाउन व्यवसायीहरुसँग बिल मागेर  हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने गरेको, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने गरेको र किर्ते गरी भ्रमण काजको भुक्तानी लिने गरेको प्रवक्ता भण्डारीले बताए ।   

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ भाद्र १७

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP