२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

जुवा खालबाट ५ जना नगदसहित पक्राउ

बाजुरा- बाजुरामा जुवा खेलिरहेको अवस्थामा नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन् । बाजुराको बडिमालिका नगरपालिका वडा नं १ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको हो। शुक्रबार उनीहरुबाट १६ हजार १ सय २० रुपैँया नगदसहित प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा  वडा नं १ का रहेको प्रहरीले जनाएको छ। तर, उनीहरुको पहिचान भने खुलेको छैन। उनीहरु बडिमालिका वडा नं १ सल्लेना बस्ने बुद्धबहादुर कार्कीले सञ्चालन गरेको पसलमा तास खेलिरहेको गोप्य सूचनाका आधारमा पक्राउ परेका थिए। उनिहरुलाइ पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ भाद्र ३

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP