२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

सुर्नया गाउँपालिकाका न्यायिक शाखा प्रमुखमाथि हातपात

बैतडी- बैतडीको सुर्नया गाउँपालिका–४ मा न्यायिक शाखा प्रमुख रामबहादुर महरामाथि हातपात भएको छ। गतको शुक्रबार वडामा गरिएको तालाबन्दी खोलाउने विषयमा सोमबार छलफल गर्दा न्यायिक शाखा प्रमुख महरामाथि हातपात गरिएको गाउँपालिकाले जनाएको छ।  

छलफल भइरहेका बेला तालाबन्दी गर्ने पक्षले महरामाथि हातपात गरेको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाकारी दिएको छ। जनप्रतिनिधिहरुलाई समेत तालाबन्दी गर्ने पक्षले गालीगलौज गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि फारम भर्ने बेला वडा कार्यालयका कर्मचारीहरुले पूर्वाग्रहपूर्ण व्यवहार गरेको भन्दै स्थानीयहरुले १४ बुँदे मागसहित वडा कार्यालयमा तालाबन्दी गरेका थिए।  

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७८ चैत्र १

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP