२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै हातपात

डोटी – डोटीको पूर्वीर्चाकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्कामाथि हातपात भएको छ । मंगलबार बिहान साढे ११ बजेतिर खड्काको कार्यकक्षमै गएर हातपात गरेको बताइएको छ ।

पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ निवासी भुवन कठायतले कार्यकक्षमै गालीगलौच गर्दै हातपात गरेको जनाइएको छ।  उनले प्रशासकीय अधिकृतको कार्यालयको ल्यापटप समेत तोडफोड गरेको पूर्वीचौकी गाउँपालिकाले जनाएको छ।

हातपातबाट अधिकृत खड्काको शरीरमा चोटपटक समेत लागेको जनाइएको छ । हातपातपछि कठायत फरार रहेको बताइएको छ । दोषिमाथि कडा कारवाही नभएसम्म कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कामकाज बन्द गरिने गाउँपालिकाले जनाएको छ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०७८ चैत्र १

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP