२०८१ फाल्गुन २, शुक्रबार
February 14, 2025, Friday

धनगढीका मेयर वड विरुद्ध जातीय विभेद गर्नेलाई दुई महिना कैद

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी अभिव्यक्ति दिने व्यक्तिलाई उच्च अदालत दिपायलले दुई महिना कैद सजाय सुनाएको छ। सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको भन्दै दुई महिना कैद सजाय सुनाएको हो।

उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम सजाय गर्दा समेत न्यायको मकसद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालतले जनाएको छ।

२०७७ साल वैशाख २७ गते कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले फेसबुक पेजमार्फत् धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई लक्षित गर्दै ‘जात करे उत्पात भनेको यही हो’ भन्दै सामाजिक सञ्जालमा लेखी जातीय रूपमा विभेद गरेको भन्दै उजुरी परेको थियो। त्यति बेला पतिराम सोवसहित चार जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए।

सो मुद्धामा कैलाली जिल्ला अदालतले २०७७ मङ्सिर ३० गते प्रतिवादी पाण्डेलाई पाँच सय रुपैयाँ जरिमाना मात्र गरेको थियो। उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र बीस हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। कैलाली जिल्ला अदालतले पुरानो कानूनी व्यवस्था प्रयोग गरी गरेको फैसला त्रुटिपूर्ण भएको इजलासको ठहर छ।

Related News

छोराले गरे आफ्नै आमाको हत्या
छोराले गरे आफ्नै आमाको हत्या
  • २०७८ चैत्र १

दिपायल – रुपन्देहीका एक युवकले आफ्नै आमाको हत्या गरेका छन्...

TOP