२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

धनगढीमा भारतीय नागरिक गुप्ता हत्या प्रकरण : हत्या आरोपमा दुईजना पक्राउ

कैलाली – कैलालीमा हत्या गरेको अवस्थामा भेटिएका भारतका कुल्दीप गुप्ताको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हत्याको आरोपमा दुईजना नेपाली नागरिक पक्राउ परेका हुन् ।

उनीहरुलाई आज पत्रकारसम्मेलन मार्फत सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

गत सोमबार बिहान धनगढी उपमहानगरपालिका-५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भेटिएको शव भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो । 

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०७८ फाल्गुन २७

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP