२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

९ सय एम्पुल लागुऔषधसहित तीनजना पक्राउ

फाईल फोटो

झापा – ९ सय एम्पुल प्रतिबन्धित लागुऔषधसहित अटो र तीनजना पक्राउ परेका छन्।

झापाको भद्रपुर नगरपालिका १ बस्ने २३ वर्षीय सुमन मिश्र, अटोमा सवार २७ वर्षीय युगल खत्री र २४ वर्षीय शंकर लिम्बु पक्राउ परेको प्रहरीले जनाएको छ।

अर्जुनधारा नगरपालिका–११ स्थित पूर्वपश्चिमबाट आउदै गरेको ट्याम्पुलाई चेकजाँचका क्रममा उनीहरुलाई अस्थायी प्रहरी बिट नयाँ बसपार्कको टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध २०० एम्पुल लुपिजेसिक, २०० एम्पुल एबट, २०० एम्पुल डाइजेपाम, र ३०० ट्याब्लेट नाईट्राभेट गरी ९०० एम्पुल लागु औषध बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७८ फाल्गुन २६

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP