खोटाङ : खोटाङमा ठूलो परिमाणको लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। हलेसी तुवाचुङ नगरपालिका–५ बतासेघाटका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राई ३२ किलो ४ सय ८५ ग्राम गाँजासहित पक्राउ परेका हुन्।
गाँजाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट गएको प्रहरी टोलीले सोमबार दिउँसो १ बजे उनीहरूलाई बतासेघाटबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।
बतासेघाटनजिक रहेको सुइटेखोला बगर किनारमा निलो प्लाष्टिकको त्रिपाल ओछ्याई सो त्रिपालमाथि बोराका पोकाहरू राखेर बिक्री गर्न लागिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशकुमार ठाकुरले जानकारी दिए।
उनीहरूविरुद्ध पक्राउ परेकै दिन जिल्ला अदालत खोटाङबाट लागुऔषध कसुरमा ६ दिनको म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...