२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएका चौधरीलाई उच्च अदालतबाट १४ वर्ष कैद

डोटी- कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएका दोषीलाई उच्च अदालत दिपायलले पाँच लाख क्षतिपूर्ति सहित १४ वर्ष कैद सजाय सुनाएको छ । जबरजस्ती करणीको उद्योग र डाँका चोरी गरेको अभियोगमा कैलालीको कैलारी गाउँपालिका वडा नं.८ लोहरपुरका मनिस चौधरीलाई उक्त सजाय तोकेको हो ।

अदालतको मिसिल अनुसार चौधरीले २०७५ फागुन १८ गते धनगढीबाट गदरियातर्फ साइकलमा गइरहेकी महिला नाम परिवर्तित ७१ लाई बाटो छेकी बलात्कार गर्न खोजेका थिए भने उनिसँग भएको मोवायल, नगद सहितको झोला लुटेर भागेका थिए । पीडित महिलालाई बेल्ट र ब्राले बाँधेर चक्कु देखाउँदै मार्ने धम्की दिएर जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए । पीडितको घाँटीमा पेटीले बाँधेको निलडाम र शरीरका गोप्य अंगमा कोतरेको घाउ तथा हातमा चोट लागेको मेडिकल रिपोर्टमा उल्लेख छ ।

कैलाली जिल्ला अदालतले जबरजस्ती करणीको उद्योगमा चार बर्ष कैद र डाँका नठह¥याई सामान्य चोरीमा एक बर्ष कैद गरेको थियो । उच्च अदालत दिपायलले यस्तो कसूरलाई जघन्य कसूर ठहर गरी डाँका चोरी र जबरजस्ती करणीको कसूरलाई एकिकृत कसूर कायम गरी १४ बर्ष कैद हुने फैसला गरेको हो । अदालतले कैदसँगै दोषीबाट पीडितलाई पाँच लाख रुपैया क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगत बहादुर थापाको संयुक्त इजलासबाट मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ अनुसार उक्त फैसला भएको हो ।

जबरजस्ती करणीको उद्योग र डाँका चोरी सम्बन्धी अपराधमा दोषीले अपनाएको अपराधको तरिका ज्यादै क्रुर र अमानवीय देखिएकोले यस्तो सजाय गरेको अदालतले जनाएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ माघ ५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP