२०७८ बैशाख २४, शुक्रबार
May 7, 2021, Friday

भागरथीको बलात्कारपछि हत्याका अभियुक्त सार्वजनिक : के छ आधार ?

बैतडी– प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरेको छ। आज दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो। सुदुरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले पत्रकार सम्मेलन गर्दै दिनेश भट्टले घटना घटनाएको जानकारी दिए।

प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने दिनेश भट्ट पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको छ। भट्टले हत्या गरेको स्वीकार गरिसकेको समेत डीआइजी सुवेदीले बताए।

प्रहरीलाई दिनेशले १ बजेर ४५ मिनेटमा कक्षाबाट निस्किएर भागरथीलाई हत्या गर्ने योजना अनुसार घटनास्थलतर्फ गएको बताएका छन्। उनी विद्यालयबाट बजारसम्म अन्य साथीहरुसँग गए पनि नजिकै रहेको बजारबाट भने एक्लै निस्किएको देखिएको छ। त्यसपछि भट्टले भागरथी आएपछि सडकबाट धकेल्दिएर दुई हातले घाटी घिचेर हत्या गरेको पत्रकार सम्मेलनमा डीआइजी सुवेदीले जानकारी दिए।

पत्रकार सम्मेलनमा डीआइजी सुवेदी भट्टलाई अभियुक्त दाबी गर्नुका केही कारण समेत प्रस्तुत गरेका थिए। घटना भएको सम्बन्धमा अभियुक्तको घटनास्थलमा उपस्थितसँग सोधपुछका क्रममा देखिएका शंकास्पद आधार, टेक्निकल पक्ष, अभियुक्तको साविती बयानलाई पक्राउको आधार बनाइएको छ। 

‘आइ विटनेसले पनि त्यही एरियामा देखिनु, निजले पनि स्वीकार गर्नु, त्यहाँ भन्दा के आधार चाहिन्छ? दोषी कुनै पनि हालतमा उम्कन नपाउने गरी प्रमाणहरु प्रस्तुत गरेका छौं। केही कारणहरु खोज्दै छौं,’ डीआइजी सुवेदीले भने। 

अभियुक्तको शरीरमा केही सामान्य चोटपटक समेत भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। घटनामा अन्य व्यक्तिको संलग्नता रहेको भन्ने अहिलेसम्म पुष्टि हुन नसकेको उनले बताए।

Related News

सुदूरपश्चिममा कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापन असहज
सुदूरपश्चिममा कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापन असहज
  • २०७७ फाल्गुन ५

मुलुक यतिबेला कोरोना भाइरस महामारीको चपेटामा छ। सुदूरपश्चिम प्रदेश पनि यो रोगको महामारीवाट अछुतो छैन। प्रदेशका तराइका कैलाली र कञ्चनपुरमा...

डोटीका २३ सहित सुदूरपश्चिमका ७८५ जनामा कोरोना पुष्टि : ६४ जनाले कोरोना जिते
  • २०७७ फाल्गुन ५

डोटी- पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १८३२ नमूना परीक्षण गर्दा ७८५ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय...

सुदुरपश्चिम प्रदेश प्रमुख  यादबद्धारा पदभार ग्रहण
सुदुरपश्चिम प्रदेश प्रमुख यादबद्धारा पदभार ग्रहण
  • २०७७ फाल्गुन ५

धनगढी- नवनियुक्त सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रवार पदभार ग्रहण गरेका छन् । धनगढी आएको लगत्तै प्रदेश प्रमुख यादवले...

TOP