२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

बैतडीमा १७ बर्षीया किशोरीको शव फेला : बलात्कारपछि हत्या गरिएको आशङ्का

बैतडी- बैतडीमा हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरि फालिएको अवस्थामा लवलेक जंगलमा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए ।

किशोरीको शव फेला परेको जानकारी आईसकेपछि घटनास्थलमा प्रहरीको टोली खटाएको र आँफै अनुसन्धानका लागि घटनास्थल तर्फ जान लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

किशोरीको कसले किन हत्या गरेको हो भन्ने बिषयमा अहिले यकिन नभएको उनले बताए । घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुर समेत मगाईसकेको उनले बताए ।

भट्टको बलात्कारपछि हत्या गरिएको मृतकका आफन्तले आशंका गरेका छन् । 

नेकपा ओली समूह निकट अनेरास्ववीयू बैतडीले किशोरीको बलात्कारपछि हत्या गरिएको जनाएको छ। 

अनेरास्ववीयूका संयोजक सन्तोश रानाले विज्ञप्ती जारि गर्दै भट्टलाई बलात्कारपछि हत्या गरेर फालिएको उल्लेख गरेका छन्। 

‘भागरथी भट्टमाथि बलात्कारपछि कुरतापूर्वक हत्या गरिएको पाशंविक घटनाको जति निन्दा र भत्र्सना गरेपनि कमै हुन्छ,’ जारी विज्ञप्तीमा भनिएको छ, ‘यसप्रकारको जघन्य तथा अक्षम्य अपराधका दोषीलाई अबिलम्ब गिरफ्तार गरि हदैसम्मको कारवाही गर्न जोडदार माग गर्दछौँ।’

अनेरास्ववीयूले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई उचित परिपुरणको व्यवस्था गर्न समेत माग गरेको छ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ माघ २३

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP