२०८१ बैशाख २, आईतवार
April 14, 2024, Sunday

कञ्चनपुरबाट नक्कली नोट र नोट बनाउने सामाग्री सहित दुई जना पक्राउ

कञ्चनपुर- सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली  नेपाली नोट सहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँका २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोट सहित पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २०० , नक्कली नोट हजार दरको पाँच, मोबाइल फोन दुई थान, नगद १६०, मोटरसाइकलको लाईसेन्स, ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

Related News

सुदूरपश्चिममा नयाँ वर्षसँगै सिस्नु लगाएर ‘बिसु’ पर्व मनाइँदै
सुदूरपश्चिममा नयाँ वर्षसँगै सिस्नु लगाएर ‘बिसु’ पर्व मनाइँदै
  • २०७७ माघ १८

दिपायल – सुदूरपश्चिम प्रदेशमा आज नयाँ वर्षसँगै “बिसु पर्व” मनाइँदै...

TOP