२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

बझाङ युवक हत्या प्रकरण : वडाध्यक्ष सहित थप तीन जना पक्राउ

छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी

बझाङ- युवको हत्यामा संलग्न भएको आरोपमा वडाध्यक्ष सहित थप तीन जना पक्राउ परेकाछन् । हत्यामा संलग्न भएको आरोपमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडी पक्राउ परेका हुन् ।

मंगलबार बझाङको छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको थियो । विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्किने बेला सिंहको हत्या गरिएको प्रहरी जनाएको छ ।

तीनै जनालाई थलारा गाउँपालिकाबाट पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

सिंहको हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँपालिकाको वडा नं.–२ का ज्ञानबहादुर कडायतलाई मंगलबार नै पक्राउ गरिएको थियो ।

वडाध्यक्षको सरकारी मोटरसाइकलमा सवार ब्यक्तिले सिंहको हत्या गरेको प्रहरीले जनाएको छ ।

बझाङ युवक हत्या प्रकरण

वडाध्यक्षको सरकारी मोटरसाइकलमा सवार ब्यक्तिले सिंहको हत्या गरेको खुलासा

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ माघ १४

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP