बझाङ- विद्यालय व्यवस्थापन समितिको विवाद पछि युवकको विभत्स हत्या गरिएको घटनामा वडा अध्यक्षको सरकारी मोटरसाइकलन प्रयोग भएको खुलेको छ । बझाङ प्रहरीका अनुसार छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गर्ने युवाहरुले सोही गाउँपालिकाको वडा नं. २ का वडाध्यक्ष विकास ऐडी चढ्ने मोटरसाइकलन प्रयोग गरेको खुलेको हो ।
हत्यामा संलग्न ब्यक्ति गाउँपालिकाको वडा नं. २ का ज्ञानबहादुर कडाय र प्रकाश ऐडीले उक्त मोटरसाइकल प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए । उनले हत्या प्रकरणमा स्वयंम वडाध्यक्ष समेत शंकाको घेरामा रहेकाले थप अनुसन्धान भैरहेकोे बताए । वडाध्यक्षको मोटरसाईकलमा खुँडासहित आएका उनीहरुले सिंहको हत्या गरेको स्थानीयहरु बताउँछन् ।
तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष ऐडी अहिले प्रचण्ड–नेपाल समूहमा रहेको बताइन्छ । हत्यामा संलग्न वडाध्यक्षका भाइ नाता पर्ने प्रकाश ऐडी फरार रहेको र ज्ञानबहादुर कडायलाई मंगलबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गाउँपालिकाको वडा नं. ३ स्थित बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामी काँग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरासँग पराजीत भएपछि विवाद भएको थियो । चुनाव सकेर घर फर्किने क्रममा विवाद भएपछि सिंहको हत्या भएको प्रहरीले जनाएको छ । घटानामा विजयी विव्यस अध्यक्ष बोहरा निकटका सिंहको हत्या भएको हो ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...