२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा काका र हजुरबुवा पक्राउ

बैतडी- जिल्लाको सिगास गाउँपालिकाकी १६ वर्षीया सुस्त मनस्थितिकी किशोरी बलात्कारमा परेकी छिन् । अंकल र हजुर बुवा नाता पर्नेबाट किशोरी बलात्कारमा परेकी हुन् । बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दुवै जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले बताए ।  पीडित किशोरीका आफन्तको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताए । ३ महिनाअघि बलात्कारमा परेकी बालिका गर्भवती भएको थाहा भएपछि मात्र घटना बाहिर आएको हो ।

किशोरीको महिनावारी रोकिएपछि घरपरिवारले सोधपुछ गर्दा घटनाबारे थाहा भएको थियो । त्यसपछि परिवारले स्थानीय प्रहरीचौकीमा खबर गरेका थिए । किशोरीको स्वास्थ्य चेक गर्दा १२ हप्ताको गर्भ रहेको खुलेको छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ माघ ६

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP