डडेल्धुरा- डडेल्धुरामा अझै पनि दलितमाथि विभेद कायमै रहेको छ। जिल्ला सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिका– ३ स्थित घटालथान रहेको मसानघाटमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै ठाउँ बनाइएको शिक्षक भक्तबहादुर विकले बताए।
वडा नं ७ र ८ स्थित शैलेश्वर महादेव मन्दिर नजिकै रहेको सल्लगडा मसानघाटमा पनि पहिल्यैदेखि फरकफरक ठाउँमा बनाइएको घाट अहिले पनि कायमै रहेको स्थानीयवासी इन्दिरा ताम्राकारले बताइन।
बाहुन, क्षेत्रीलगायत जातका मानिसका लागि फरक ठाउँमा छ भने दमाई, कामी र सार्की समुदायमा पर्ने दलितका लागि दाहासंस्कार गर्न फरकफरक मसानघाट बनाइको उनले बताए।
जिल्लामा दलित समुदायको क्षेत्रमा राज्य र गैरराज्य पक्षबाट वर्षेनी करौडांै रकम विभिन्न सङ्घसंस्थामार्फत लगानी गरिए पनि खासै परिवर्तन हुन नसकेको उनको भनाइ छ।
जातका आधारमा मृत्युपछि पनि गरिँदै आएको सामाजिक विभेद अन्त्य नहुनु दुखद भएको दलित अगुवा लक्ष्मी कामीले बताइन।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...