कैलाली- अहिले चितवन र काठमाडौँमा ‘अम्ब्रेला स्ट्रिट’ चर्चा हुन्छ । सजाएर राखिएको छातामुनी बसेर रमाइलो गर्ने युवापुस्तादेखि बृद्धबृद्धाको संख्या उल्लेख्य हुन्छ । ति ठाउँहरुमा फोटो खिच्न र टिकटक बनाउनेहरुको सबैभन्दा बढि भीड हुने गरेको छ । अब सुदूरपश्चिमको राजधानी धनगढीमा पनि सजाएर राखिएको छातामुनी बसेर फोटो खिच्न र टिकटक बनाउन र्पाइने भएको छ । कोरोना कहरले झण्डै १० महिनासम्म बन्द रहेर सोमवारदेखि सञ्चालनमा आएको धनगढीको एसटिएस सिनेमाले ‘अम्ब्रेला स्ट्रिट’ तयार पार्न लागेको हो । एसटिएस सिनेमा झण्डै डेढ सय रंगीचंगी छाता आकाशमा झुन्डाउन लागिएको छ ।
टिकटक बनाउन, फोटो सेसन गर्न र सेल्फी खिच्नका लागि ‘अम्ब्रेला स्ट्रिट’ तयार पार्न लागिएको एसटिएस सिनेमाले जनाएको छ । ‘अम्ब्रेला स्ट्रिट’ आज साँझसम्म तयार हुनेछ । काठमाडौं, चितवनमा प्रयोग गरेको कन्सेप्टले जति चर्चा पायो उति नै धनगढीले पनि चर्चा पाउने विश्वास गरिएको छ । यस्तै एसटिएस सिनेमाले विभिन्न प्रतियोगिता प्रत्येक्ष हेर्नका लागि प्राङगणमा ७५ इन्चको एलईडी टिभी पनि जडान गरेको छ । अहिले एसटिएस सिनेमा आमा र सेन्टी भाईरस फिल्म प्रदर्शन भईरहेको छ ।
डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...
डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...
नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...