काठमाडौं । प्रधानमन्त्री केपी ओली पनि टिकटकमा आएका छन्। ओलीको सचिवालयले उनकोे टिकटक एकाउन्ट बनाएर भिडियो राख्न थालेको छ।
केपी शर्मा ओली अफिसियल नामको अकाउन्ट भेरिफाइड पनि भइसकेको छ। प्रधानमन्त्री ओलीको अकाउन्टमा एक टेलिभिजनमा दिएको अन्तर्वार्ताको भिडियो क्लिप राखिएको छ।
उनको अकाउन्ट अहिलेसम्म दुई हजार ११० जनाले फलोगरेका छन् भने साढे ११ हजारले लाइक गरेका छन्। भिडियो एक लाख ६२ हजारले हेरेका छन्।
नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको नामको पनि पनि टिकटक एकाउन्ट छ। तर, उनको सचिवालयले भने एकाउन्ट आधिकारिक नभएको बताएको छ।
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना...
बैतडी- जिल्लाको सिगास गाउँपालिकाकी १६ वर्षीया सुस्त मनस्थितिकी किशोरी बलात्कारमा परेकी छिन् । अंकल र हजुर बुवा नाता पर्नेबाट किशोरी...
कैलाली – चिसोमा हिउ खेल्न सुदूरपश्चिमको प्रमुख पर्यटकिय गन्तव्य खप्तडमा तिन सय पर्यटक भित्राउने योजना सहित भिजिट खप्तड हेलि टुर अभियान...