२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

नायिका स्वेता खड्काको धनगढीका युवक विजेन्द्र रावतसँग बिहे हुदैं

अभिनेत्री स्वेता खड्काले धनगढीका युवकसँग मंसीर २२ गते बिहे गर्दैछिन् । गत दशैंको बेला उनले ईन्गेजमेन्ट गरेको तस्वीर खबरकुञ्जले प्राप्त गरेको छ । स्रोतका अनुसार नायिक स्वेताले धनगढीका युवक विजेन्द्र रावतसँग मंसीर २२ मा लगनगाँठो कस्दैछिन् । स्वेताले बिहे गर्न लागेका युवक धनगढीका विजेन्द्र रावत हुन् ।

उनका बुबाले धनगढीको फनपार्क सञ्चालन गर्दै आएका छन् । आफुभन्दा कम उमेरको युवकसँग बिहे गर्न लागेकी स्वेता र विजेन्द्रको परिवारले तयारी थालेका छन् । विजेन्द्रको बिहेका लागि उनका बुबा आमा काठमाण्डौं गईसकेका छन् । विजेन्द्र पनि काठमाण्डौंमै छन् । बिहे मंसीर २२ गते काठमाण्डौंमा बिहे हुने बताईएको छ । तर यस बारेमा स्वेता र विजेन्द्रका परिवारले बिहेको कुरा गोप्य राखेका छन् । 

दशैंको टीका लगाएका बेला विजेन्द्रसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे चर्चा चलेको थियो । तर स्वेताले सो कुरा नकार्दै आएकी थिईन् । विजेन्द्रकी आमाको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी थिईन् ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ । त्यसपछि उनको बिहेलाई लिएर चलचित्र क्षेत्रमा चर्चा चल्दै आएको थियो । तर अभिनेत्री स्वेताले भने त्यो बेला फैलिएको हल्ला गलत भएको प्रतिक्रिया दिएकी थिईन् ।

मंसीर २२ गते हुने विवाहका लागि विजेन्द्रको तर्फबाट निम्ता गरिएकाहरु काठमाण्डौं जाने क्रम सुरु भएको छ भने कतिपय जाने तयारीमा रहेका छन् । 

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ मंसिर १०

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ मंसिर १०

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ मंसिर १०

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP