२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

गजलकार रामचन्द्र राणाका दुई गजल

रामचन्द्र राणा

कुन्नी के खोज्छ नजर साँझपछि
बिस्तारै छोड्छ असर साँझपछि

जस्लाई जे भन्ने मन छ भने हुन्छ
मलाई मेरै हुँदैन खबर साँझपछि

दिन त गैहाल्छ जसो तसो गरी
गाह्रो छ रातको सफर साँझपछि

यही मिल्ले बेला अनी छुट्टिने पनि
सताउँछ मलाई यही डर साँझपछि

दिल मचल्छ तिमिलाई खोज्दछ
जागीदिन्छ अनौठो रहर साँझपछि

तिमी जस्तो ठगको गरेर भरोसा
जादैन किन फेरि यो मरेर भरोसा

आज्कल त लाग्दैन हासो नि राम्रो
गयौ तिमी जब देखि तोडेर भरोसा

मुठ्ठीको बालुवा झै सर्किन खोज्दैछ
कुन्नी कहा रोकीने हो झरेर भरोसा

बेचैन भइ भट्किन्छ यो मन बेचारा
कोइ पन्छी उडी गयो चोरेर भरोसा

कसैको कसैलाइ जब रहेन भरोसा
कुनामा रुदै होला कतै डरेर भरोसा

लेखक के.आई.सिंह गाउँपालिका वडा नं. ५ डोटीका वडाध्यक्ष हुन् ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७७ श्रावण २३

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP