२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

‘टीभी ट्यालेन्ट हन्ट २०२०’ आयोजना हुने

कोभिड–१९ को महामारीका कारण धेरै मानिस बेरोजगार भएका छन् । सरकारले लकडाउन खुकुलो गरे पनि सबै क्षेत्र पहिलेको अवस्थामा फर्किन सकेको छैन । 

कोरोनाको कारण घरमै बस्नु परेको अवस्थामा धेरैले मनोरन्जनको माध्यम खोज्न थालेका छन् । यस्तैमा मानिसलाई मोरन्जन दिदै उनीहरुको प्रतिभा निखार्ने समेत उदेश्यले ‘फायरस्क्रिन टीभी ट्यालेन्ट हन्ट २०२०’हुने भएको छ ।

जो कोहीले पनि घरमै बसेर सहभागिता जनाउन सक्ने प्रतियोगिता एक लाख रुपैंयाँसम्मको नगद पुरस्कार सहित आयोजना हुन लागेको हो । 

यो प्रतियोगितामा सहभागिका लागि प्रतियोगीले हन्टको नियमलाई ध्यानमा राखेर आफ्नो प्रतिभा झल्कने भिडियो बनाएर आगामि भदौ १५ गते अर्थात् ३१ अगष्ट २०२० मा फायरस्क्रिनटीभीमा पठाउनु पर्नेछ ।

भिडियोमा प्रतियोगीले नृत्य, गायन, स्टेण्डअप कमेडी, जिम्न्याष्टिक र संगीत तथा अन्य कुनै विधाको प्रतिभा रचनात्मक रुपमा प्रस्तुत गर्न सक्नेछन् । भिडियो बढीमा पाँच मिनेट र घटिमा तीन मिनेटको हुनुपर्नेछ । 

बिश्वभर रहेका नेपालीहरुले सहभागिता जनाउन सक्ने प्रतियोगितामा उमेर र लिङ्गको हकबन्धी तोकिएको छैन । 

प्रतियोगिताको विजेता फेसबुक, युट्युबको लोकप्रियताका आधारमा छानिने छन् । चार चरणमा विभाजन गरिएको प्रतियोगितामा पहिलो चरणमा पठाइएका भिडियोहरु मध्ये फायरस्क्रिन टीभीको निर्णय अनुसार उत्कृष्ट पचास भिडियो छनोट हुनेछ । दोस्रो चरणमा छानिएका भिडियोहरुलाई फायरस्क्रिन टिभीको युट्युब र फेसबुक पेजमा राखने र त्यसको लिंग प्रतियोगीहरुलाई पठाइनेछ ।

फेसबुक र युट्युबमा आएका आधारमा उत्कृष्ट ३० छानिनेछन् र उनीहरुलाई पुनः अर्को भिडियो पठाउन अनुरोध गरिनेछ । यही प्रक्रिया अनुसार उत्कृष्ट १०, उत्कृष्ट ५ हुँदै विजयी तीन घोषणा गनिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रथमले एक लाख, द्वितियले ५० हजार र तृतीयले २५ हजार रुपैंयाँ प्राप्त गर्नेछन् । साथमा उत्कृष्ट ३० ले समेत आकर्षक पुरस्कार पाउने आयोजक फायरस्क्रिन टीभीले जनाएको छ ।

Related News

गौणा (राजधानी) गुमाएको सञ्चित पीडा डेउडामा
गौणा (राजधानी) गुमाएको सञ्चित पीडा डेउडामा
  • २०७७ श्रावण २०

दिपायल – बाइसे-चौबीसे राज्यकाल देखाएको ऐतिहासिक र न्यायिक अड्डा रहेको...

TOP