गोविन्द विश्वकर्मा
डोटी- डोटी जिल्लाको स्थानिय चलचित्र “अधुरो सपना” यहि श्रावणको पहिलो हप्ता सार्वजनिक हुने भएको छ । लकडाउन कै अवस्थामा डोटीका स्थानिय कलाकारहरुले चलचित्र निर्माण गरिएका हुन् ।
नेपाली समाजको समसामयिक घटनाहरुलाई समेट्ने उक्त चलचित्रको छायाङ्कन असारको पहिलो हप्ता देखि सुरु भएको थियो । स्थानिय कलाकार सनम परियार र स्वस्थीका खत्रीको मुख्य भुमिका रहेको चलचित्रको निर्देशन आभास बाग्चन्दले गरेका छन् । प्रेम कथामा आधारीत रहेको उक्त चलचित्र करिब ३० हजार स्यानो लगानीमा निर्माण भएको चलचित्रका प्रोड्युसर आदित्य बिक्रम जंगले शिखर समाचारलाई जानकारी दिए ।
फिल्मले आत्महत्या नै समस्या समाधाको विकल्न नभइ त्यो समस्यालाई हामीले हिम्मत र हौसलाका सात सामना गर्नुपर्ने सन्देश दिने चलचित्रका लेखक तथा निर्देशक बाग्चन्दले बताए । सानो लगानीमा निर्माण भएको स्थानिय चलचित्र अधुरो सपना (ए ड्रिमर्स वोई) को छायाङ्कन पुरा भई इडिटिङको काम सम्पन्न भईरहेको उनले बताए । श्रावणको पहिलो हप्ता नै डोटीका विभिन्न सार्वजनिक स्थलहरुमा प्रर्दशन हुने उक्त चलचित्र ड्रिमर्स ब्याइ नामक युट्युब च्यानलमार्फत समेत सार्वजनि गरिने निर्देशक आभास बाग्चन्दले जानकारी दिए ।
सुदूरपश्चिम – हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहौल तताएको...