२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

डोटीमा छायाङ्कन गरिएको चलचित्र नन्दीमा समावेश ‘साईबउ’ गीत सार्वजनिक

धनगढी । डोटेली भाषाको चलचित्र ‘नन्दी’ मा समावेश गरिएको डेउडा गीत ‘साईबउ’ बजारमा आएको छ। सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको गीतमा अविनाश थापाको शब्द तथा भीम बिसीको संगीत रहेको छ । साइबउमा दोस्रो नेपाल आइडल रबी वड र गायीका सरु गौतमले स्वर दिएका छन्। गीतको निर्देशन जनक कुँवर र राज पाठकले गरेका हुन्।

नन्दी चलचित्रका निर्माता तथा सुदूर पश्चिमका चर्चित नायक विनोद बोहरा ‘बोग्टानी किङ’, नायिका एसिला चाड मुख्य भूमिकामा छन् । गीत दिपायलको एतिहासिक तथा पुरातात्विक स्थलका रुपमा रहेको दिल्पेश्वर मठमा छायाङ्कन गरिएको छ । म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटल म्युजिक प्रणालीले बजारमा ल्याएको छ ।

Related News

फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट  डोटीले पाउने छ प्रतिभावान “आइडल”
फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट डोटीले पाउने छ प्रतिभावान “आइडल”
  • २०७७ जेष्ठ २२

दिपायल – सामान्यतया महोत्सवले व्यापार, मेला, प्रदर्शनी र सांगीतिक कार्यक्रमलाई...

TOP