धनगढी- डोटेली चलचित्र निर्माता तथा सुदूरपश्चिमका चर्चित नायक बोक्टानी किङको फेसबुक अकाउन्ट ह्याक भएको छ । सात वर्ष अघिदेखि चलाउँदै आएको उनको फेसबुक अकाउन्ट तीन दिनदेखि ह्याकरले ह्याक गरेको हो ।
फेसबुक ह्याक भएदेखि साथीभाई तथा इष्टमित्रसँग च्याटमा कुरा गर्न नपाउनुका साथै आफ्ना पोष्टहरु समेत दर्शकसामु राख्न नपाएको गुनासो पोख्दै नायक बोक्टानी किङले भने–‘फेसबुक ह्याक भएदेखि फेसबुकमा भएका सम्पूर्ण डाटा तथा महत्वपूर्ण फोटोहरु हराउँदा सम्पत्ति नै हराएको महसुस भएको छ ।’
उनले फेसबुक अकाउन्टमा चलचित्र तथा गीत सुटिङका महत्वपूर्ण तस्बिरका सिनहरु राखेको बताउँदै भने–‘ह्याकरले फेसबुक ह्याक गरेपछि अहिले पुनः नयाँ फेसबुक अकाउन्ट खोलेर साथीभाइलाई जोड्दै छु ।

दिपायल – सामान्यतया महोत्सवले व्यापार, मेला, प्रदर्शनी र सांगीतिक कार्यक्रमलाई...