२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

काठमाण्डौं – चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। सोमबार मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो।

थप अनुसन्धानका लागि उनलाई अहिले बौद्ध प्रहरी वृत्तमा लगिएको छ।

आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो।

आफूहरूको मन्जुरीबिना फिल्म ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए।

थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।

चलचित्र ‘प्रसाद २’ को विवादलाई लिएर बस्नेतले उनीहरूसहित ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवालविरुद्ध जाहेरी दिएका थिए।

प्रहरीले अग्रवाललाई पक्राउ गरिसकेको छ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ जेष्ठ २१

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP