२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

डोटीमा ४ गतेदेखि प्रादेशिक महोत्सव आयोजना हुने, यस्ता छन् आकर्षण

दिपायल- डोटीमा प्रादेशिक महोत्सव आयोजना हुने भएको छ । व्यापारिहरुको संस्था चेम्बर अफ कमर्सले फागुन ४ गतेदेखि १४ गते सम्म महोत्सवको आयोजना गर्न लागेको हो ।

पर्यटन प्रवृद्धनसँगै स्थानीय कला संस्कृति र उत्पादनको संरक्षण गर्न महोत्सवको आयोजना गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्र बहादुर साउँद (केबी) ले बताए ।

दिपायलको मठ क्षेत्रमाआयोजना गरिने महोत्सवको उद्घाटन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुति, स्थानीय संस्कृति, झाँकी प्रदर्शन मुख्य आकर्षणका रुपमा राखिएको छ । त्यस बाहेक रमाइलो मेला, स्थानीय उत्पादन, परिकार प्रदर्शन तथा व्यापार, सेती नदीमा -याप्टिङ्ग, प्याराग्लाइडिङको पनि व्यवस्था रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा सहभागी कलाकार, दर्शक, स्टल तथा सामग्री समेतको विमा गरिएको छ । महोत्सव आयोजना गर्न ४० लाख खर्च हुने अनुमान गरिएको छ । महत्सवको टिकेट प्रति व्यक्ति १०० रुपैंया निर्धारण गरिएको छ । विद्यार्थिहरुको लागि ७० रुपैंया र सिजनल पासको लागि रु सात सय निर्धारण गरिएको छ ।

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । महोत्सव स्थल भित्र स्थानीय परिकार, स्थानीय उत्पादनको व्यापार गर्ने व्यक्तिहरुका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७९ फाल्गुन २

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP