२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

भारतमा ‘पठान’ बन्यो सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्म

बलिउड फिल्म ‘पठान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान राखेको छ । शाहरुख खान स्टारर फिल्म पठानले बुधबार हिन्दी संस्करणमा मात्र ५० देखि ५२ करोड भारुको हाराहारीमा ओपनिङ गरेको हो ।

यो बिदा नभएको दिनमा समेत सर्वाधिक ओपनिङ गर्ने रेकर्ड समेत बनेको छ । भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिलिज भएको फिल्म देशभर हाउसफुल रह्यो ।

भारतका तीन ठूला मल्टिप्लेक्स चेन पीभीआर, आईनक्स र सिनेपोलिसमा मात्र फिल्मले २६.५० करोडको कमाइ गरेका छन् । यो कुल कमाइको आधा भएको उल्लेख छ । गणतन्त्र दिवसको बिदाको दिन भएकाले बिहीबार फिल्मको कमाइमा उछाल आउने आँकलन गरिएको छ ।

दुई दिनमै १०० करोड पार गर्ने फिल्म समेत पठान बन्ने प्रक्षेपण गरिएको छ । चार दिनको लामो सप्ताहन्त भएकाले फिल्मको कमाइ यसबीच २०० करोड भारु आसपास पुग्ने देखिन्छ । तेलुगू र तमिल संस्करणबाट थप तीन करोड कमाइ भएको जनाइएको छ ।

लगातार ठूला फिल्म समेत असफल भइरहेको बेला पठानले भारतीय बक्स अफिसलाई उद्धार गर्ने देखिएको छ । मुम्बई सर्किटमा मात्र पहिलो दिन पठानका २० हजारभन्दा बढी शो आयोजना गरिएको समेत जनाइएको छ । विदेशमा समेत पठानको कमाइ आकर्षक देखिएको उल्लेख छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ माघ १२

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP