२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

‘बिग बस १६’ को लागि सलमानले मागे १६ अर्ब पारिश्रमिक

एजेन्सी- अत्यधिक कन्ट्रोभर्सीमा पर्ने शो हो- बिग बस। यसको १६औं श्रृङ्खला सुरु हुने तरखरमा छ।

नयाँ श्रृङ्खला सुरु हुने बेला चर्चा भने शोको होइन, सलमान खानको पारिश्रमिकको भइरहेको छ। यस पटक कार्यक्रममा नियमित होस्ट सलमानले एक हजार करोड पारिश्रमिक मागेका छन्। अर्थात् १० अर्ब भारु। नेपाली १६ अर्ब।

यो भनेको बिग बस सिजन १५ भन्दा तीन गुणा ज्यादा पारिश्रमिक हो। यद्यपि यसका मेकरहरूले यसबारे आधिकारिकरूपमा बोलेका छैनन्।

भारतीय सञ्चारमाध्यमहरूले त सलमानले मागेको पारिश्रमिकलाई यस वर्षको हिट फिल्म केजीएफ २ सँग पनि तुलना गरेका छन्। रिपोर्टका अनुसार सलमानले मागेको पारिश्रमिक केजीएफ २ को बजेटभन्दा १० गुणा ज्यादा हो।

बिग बस को १६औं श्रृङ्खला अक्टोबरबाट प्रशारण हुनेछ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७९ भाद्र ३

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP